FLASH NEWS
  • Loading...

कुकूरको टोकाईबाट एक जनाको ज्यान गयो, रेविजको विगविगी, अझै नियन्त्रण छैन

  • युगिन आवाज
  • १ साल अघि
  • ३९४ पटक पढिएको
Post Thumbnail

छेडागाड नगरपालिका वडा नं.९ पजारुमा आफ्नै पालेको कुकुरले टोकेर एक महिलाको मृत्यु भएको छ । पजारु निवासी जय बहादुर अधिकारी की श्रीमति अन्दाजी ५५ बर्षिय गोरी अधिकारीलाई उपचार गरेर निको नहुने भए पछि सुर्खेत देखि घर ल्याउदै गर्दा पौजा नजिकै काडाहाल्नमा बुधबार साझ मृत्यु भएको हो ।
झण्डै एक महिना अगाडी मृतक अधिकारीलाई आफ्नै घरमा पालेको कुकूरले टोकेको थियो । कुकूर टोकेको ५दिन पछि मरेको थियो भने १० दिन पछि मात्र उनलाई रिङ्गटा लाग्ने लक्षण देखा परेको थियो । श्रोतका अनुसार आफ्नै घरको कुकूर भएको हुनाले रेविज लागेको विश्वास नगरी उपचारमा ढिलाई गर्दा उनको ज्यान गएको हो ।सोहि रेविज संक्रमित कुकूरले टोकेर एक गाई समेत मरेको थियो । यस्तै केहि दिन अगाडी मात्र पजारुमै १३ बर्षिय टेकेन्द्र अधिकारीलाई कुकूरले टोकेर घाईते बनाउँदा तत्काल नेपालगञ्जमा उपचार गरी निको भएको थियो । वडा नं.८ कै घोगीमा आफ्नै घरमा पालेको कुकूरले गोरुलाई टोकेर घाइते बनाएको छ भने बुधबारनै सोहि कुकूरलाई गाउँलेहरुले नियन्त्रणमा लिएका छन् ।
स्याल लगायतका जङ्गली जनावरबाट छाडा छोडिएका कुकूरहरुलाई रेविज संक्रमण को विगविगी बढे पछि पशुपंछि विकास शाखा छेडागाडले मिति २०८० असोज १८ गते एक सय डोज रेविज विरुद्धको खोप सोहि डाडा पजारु र गैरा पजारुका घर घरमा पुगेर कुकूर हरुलाई लगाईएको नायब पशु स्वास्थ्य प्राविधिक बासुदेब खत्रीले बताए । प्राविधिक खत्रीका अनुसार अझै रेविज संक्रमित पसुहरुबाट हुन सक्ने खतराबाट साबधान रहन आग्रह गरे ।
रेविज संक्रमित कुकूरहरुको विगविगीबाट कयौ धनजनको क्षति भैसक्यो अझै खतरा टरेको छैन त्यसैले सबै जना छाडा कुकूरहरुबाट सावधान रहन जरुरी छ भने सम्बन्धित निकायबाट नियन्त्रण र पिडितलाई समयमै उपचारको ब्यवस्था गर्न आवश्यक छ

सामाजिक सञ्जाल तिर

 

तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
३%