- Loading...
भुकम्प प्रभावितहरुलाई उद्धार र राहत वितरण
- युगिन आवाज
- १ साल अघि
- ३०० पटक पढिएको
जाजरकोट जिल्लाको रामीडाडामा केन्द्र विन्दु बनाएर कार्तिक १७ गते राती गएको ६.४ म्यानेच्युडको भुकम्पमा परी ज्यान गुमाउनेको संख्या १ सय ५७ पुगेको छ । जसमा ९९ महिला र ५८ जना पुरुष रहेका छन् । भुकम्पको केन्द्र विन्दु रहेको जाजरकोटमा सबै भन्दा धेरै १ सय ५ जनाको मृत्यु भएको छ । जसमा ७२ जना महिला र ३३ जना पुरुष रहेका छन् । त्यस्तै रुकुम पश्चिममा २७ जना महिला र २५ जना पुरुष गरी ५२ जनाको मृत्यु भएको छ । यस्तै १ सय ६६ जना घाईते भएका छन्,जसमा जाजरकोटमा ८१ जना,रुकुम पश्चिममा ७९ जना, दैलेख र जुम्लामा ३÷३ जना घाईते भएका छन् भने घाईतेहरुको स्थानिय स्वास्थ्य शाखा,जिल्ला स्वास्थ्य कार्यालय जाजरकोट, चौरजहारी हस्पिटल,प्रदेश अस्पताल सुर्खेत, नेपालगंज लगातका स्वास्थ्य संस्थाहरुमा उपचार भई रहेको छ जस मध्ये ३ जनालाई उपचार पछि डिसचार्ज गरिएको छ ।
भुकम्प प्रभावितहरुको उद्धार र राहत संकलन तथा वितरण भई रहेको छ । प्रभावित क्षेत्रमा प्रधानमन्त्री तथा माओबादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आफै पुगेका छन् भने सरकारका सबै संयन्त्रहरुलाई परीचालन गर्न निर्देशन दिईसकेका छन् ।भकम्पबाट प्रभावितहरुलाई राहत उपलब्ध गराउने जानकारी पनि आईरहेका छन् नेपाल सरकारले रु.१० करोड,बाग्मती प्रदेश सरकारले रु.१ करोड ५०लाख, बुद्ध यर रु.१ करोड,नेकपा एमाले रु. १ करोड, नेपाली काँग्रेस रु.५० लाख,कोसी प्रदेश रु.१ करोड,सुदुरपश्चिम प्रदेश रु.१ करोड,विप्लप नेतृत्वको नेकपा रु.१ लाख र २५ क्यून्टल चामल,नायक पल शाहले रु.५० हजारको राहत सामाग्री उपलब्ध गराउने जनाएका छन् । अझै भुकम्प जाने त्रासले घर छोडेर भुकम्प प्रभावितहरु खुल्ला आकाश मुनि रात विताई रहेका छन् ।