- Loading...
नर्सरी उद्योगबाट मनग्य आम्दानी गर्दै छेडागाडका सफल ब्यवसायी खत्री
- युगिन आवाज
- १ साल अघि
- १८७ पटक पढिएको
युगिनआवाज संबाददाता
छेडागाड नगरपालिका वडा नं.१२ सिरुगारका एक सफल व्यवसायी हुन् मान बहादुर खत्री । उनको बार्षिक १२ देखि १५ लाख रुपैया सम्मको आए हुन्छ । व्यवसायी खत्रीको सब भन्दा राम्रो कारोबार हुने व्यवसाय खत्री नर्सरी उद्योग रहेको छ । २०५४ साल देखि नर्सरीको सुरुवात गरेका खत्रीले सुन्तला, कागती, नास्पतीका विभिन्न जातका विरुवाहरु उत्पादन गरी नर्सरीको सुरुवात गरेका थिए । नर्सरी व्यवसायले राम्रो आम्दानी हुदै गए पछि आफैमा उत्साहित खत्रीले २०६६ सालमा खत्री नर्सरी उद्योग घरेलुमा दर्ता गरी आफ्नो व्यवसायलाई करको दायरामा ल्याई बैधानिक कारोबार को लागि स्थायी लेखा नम्बर दर्ता प्रमाण पत्र लिए ।
उनले भने त्यतिबेला आर्थीक अवस्था धेरै कमजोर थियो । यहि पेसाबाट केहि गर्न सकिन्छ भनेर कृषि विकास बैंकबाट रु.७००० (सात हजार) ऋण लिए । त्यो पैसाबाट रु.५००० को एक भैसी खरिद गरे र २००० को सुन्तला र कागतीका विरुवा खरिद गरी बगैचाको सुरु गरे ।
सामाजिक सञ्जाल तिर
जे.टी.ए. अमर बहादुर खत्रीबाट प्रेरण पाएका खत्रीले कृषिसँग सम्बन्धित सरकारी निकायबाट पनि राम्रो सहयोग पाएको बताए । उनले एक बर्ष सम्म डोकोमा विरुवा बोकेर विक्रि गरेको स्मरण गर्दै भने राज्यको पुनःर संरचना पछि स्थानिय सरकारबाट लिने सेवा सुविधा र विकास निर्माण (रोड,सिचाईको लागि पानी, कृषि औजारहरु, किटनासक बिसादी, प्रविधिक सल्लाह) लगायत धेरै कुरामा सहज भएको छ ।
के के छ त सफल बनाउने ब्यवसाय उनिसँग
हाल उनले सुन्तला,कागती,हलुवाइवेद अलैचि र केराको बगैचा गरी रहेका छन्,भने भैसी र बाख्राको फार्म पनि संचालन गरीरहेका छन् । नर्सरी र बगैचा सिंचाइको लागि सिमेन्टेड एक पक्की पोखरी रहेको छ । फलफुल संकलन पछि जम्मा गरी राख्न पक्की एक स्टोर भवन छ । यस्तै झोल मल, कम्पोष्ट मल, गहुत संकलनको ब्यवस्था पनि गरिएको छ ।
जनशतिmः नर्सरी,बगैचा,फार्महरु गोडमेल र हेरचाहको लागि आफ्नै परिवारका ६ जना निरन्तर काममा लागि रहेका हुन्छन् भने आवश्यकतामा मासिक र दैनिक ज्यालादारीमा अन्य कामदार लगाएर काम गर्ने गरिन्छ ।
के के पाईन्छ खत्री नर्सरी उद्योगमा
टीमुर,कागती,हलुवाइवेद,सुन्तला,डालेघाँस,भुइघाँस लगायतका विरुवाहरु पाइन्छ भने सुन्तला, केरा,कागती,बदाम,अलैचि जस्ता फलफुल सिजन अनुसार थोकमै पाइन्छ । यस्तै खसी,बाख्रा,घ्यू,दहि,दुध पनि पाइन्छ ।
बजार कस्तो छ ?
खत्री नर्सरीबाट उत्पादित विरुवा वडा कार्यालय,छेडागाड नगर पालिका, कृषि तथा पशुपंछि विकास शाखा छेडागाड, डिभिजन वन कार्यालय जाजरकोट लगायतका निकाय र संघ सस्थाको समन्वय र सहयोगबाट जिल्ला भित्र र बाहिर कालिकोट,दैलेख,धादिङमा विक्रिवितरण र खपत भइरहेको छ बार्षिक झण्डै ४० हजार विरुवा उत्पादन र विक्रि भए पनि माग अनुसारको विरुवा र फलफुल पुर्याउन नसकिएको खत्रीले जनाए ।
संचालकको गुनासो
उत्पादित बस्तु खपत गर्दा केहि विचौलियाहरुलाई आधा मुल्य सम्म दिनु परेको गुनासो गरे । यसले ग्राहक र उत्पादकलाई नै मर्का परेको छ ।
अझै ब्यवस्थित गर्न
नर्सरी,बगैचाहरु ब्यवस्थित र सुरक्षित गर्न घेराबारको आवश्यकता रहेको उद्योग संचालक खत्रीले बताए ।