- Loading...
सामुदायिक स्वास्थ्य केन्द्र विस्तार गर्दै छेडागाड नगरपालिका
- युगिन आवाज
- १ साल अघि
- ८०१ पटक पढिएको
युगिनआवाज संबाददाता
छेडागाड नगरपालिका वडा नं.८ को रुवामा सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्र स्थापना गरिएको छ । स्वास्थ्य सेवाको पहुँच भन्दा टाढा रहेको दुर्गम बस्ती रुवाका विरामीहरु अब देखि आधारभुत स्वास्थ्य उपचारको लागि घण्टौं हिडेर स्वास्थ्य संस्थामा गर्ने उपचार आफ्नै घर नजिकबाट पाउने भएका छन् ।
उतm सामुदायिक स्वास्थ्य सेवा इकाई केन्द्रको उद्घाटन गर्दै जिल्ला समन्वय समितिका सदस्य खड्क विसीले यसको संरचना, स्तरबृद्धि, समग्र विकासको लागि आफुले गर्ने सहयोग र समन्वयको लागि पछि नहट्ने बताए । छेडागाड नगरपालिका उप प्रमुख चन्द्र बहादुर थापा (अपिल)ले कार्यालय संचालन,उद्घाटन मात्र ठूलो नभई यसको दिगोपन ,पुर्णता तथा भौतिक अवस्था संरचना, प्रयाप्त जना शतिm,औषधि उपकरण तथा निरन्तरताको लागि पालिकाबाट गर्नु पर्ने सबै पहल र सहयोग गर्ने बताए ।
यस्तै कार्यक्रममा नगर स्वास्थ्य शाखा प्रमुख विष्णु गिरी,वडा नं.८का अध्यक्ष सत्यनारायण गिरी,नेकपा माओबादी केन्द्रका प्रदेश समिति सदस्य प्रेम बहादुर खत्री (आयोग) , छेडागाड नगरपालिका वडा नं.११ अध्यक्ष लोकेन्द्र बहादुर थापा लगायतको उपस्थिति रहेको थियो । सेवा इकाई केन्द्रमा अहेब १ जना, अनामी १ जना र कार्यालय सहयोगी १ जना रहने छन् ।
छेडागाड नगरपालिकाले स्वास्थ्य सेवालाई सहज र सुलभ बनाउना पालिका भित्रका विभिन्न स्थानहरुमा सामुदायिक स्वास्थ्य सेवा इकाईको विस्तार गर्दै आएको छ ।